प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०७८
लागूऔषध र पेस्तोल सहीत मानिस नियन्त्रणमा:
२०७८-११-२३

बाँके, खजुरा गाँउपालिका वडा नं. १ बहादुरपुर बस्ने वर्ष २५ को  गल्क्षी भन्ने  रबिन्द्र थापाको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र अटोमेटिक पेस्तोल बरामद भएको छ । लागूऔषध कारोवार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा मिति २०७८।११।२२ गते अन्दाजी १९:२५ बजे प्रहरी टोलीले गल्क्षी भन्ने रबिन्द्र थापाको घर खानतलासी गर्ने क्रममा निजको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र निज सुत्ने कोठाबाट कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल थान-१ फेला परेको छ । साथै, निजसंग कारोबार गर्ने जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. २ बस्ने बर्ष २७ को मनिस थापा, र नेपालगंज उपमहानगरपालिका वडा नं. १३ भृकुटीनगर बस्ने वर्ष २८ को सुरेश रोका मगर सहित तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

हतियार सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०७८-११-१८

बाँके, डुडुवा गाउपालिका वडा नं. ४ राप्‍ती पुल स्थितबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी., ऐ.ऐ. १२ कोरियनपुर बस्ने वर्ष अंदाजी २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् । मिति २०७८।११।१७ गते  २१:०० बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी 'क' बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गरेको चालक सुसान्त के.सी.ले चलाएको बाग्मति प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१(एक), ऐ. को गोली ९ राउण्ड, खुडा थान-१, (एक), नोक थान-२(दुई) बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

मोटरसाइकल दुर्घटनाबाट मृत्यु:
२०७८-११-१६

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ ओमशान्तिहल नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   मिति २०७८।११।१५ गते राती ९:०० बजे तुलसीपुर देखी उत्तरतर्फ जाँदै गरेको रा ५ प ४४९३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिन जाँदा मोटरसाईकल चालक तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा बस्ने बर्ष ३० को मोहन सुनारको ढाडमा चोट लागी घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाईएकोमा राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरले मेडिकल कलेज कोहलपुर  नेपालगंज रिफर गरेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर नेपालगंजमा लैजादै गर्दा बाटोमा नै विहान ३;३० बजे मृत्यु भएको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते:
२०७८-११-१६

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ३ ख ८६४३ नं. को हाईस र बिपरीत दिशाबाट आँउदै गरेको नम्बर नखुलेको  मोटरसाइकल एक आपसमा ठोकिई दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।  मिति २०७८/११/१५ गते अन्दाजी २१:१० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलको पेट्रोल ट्याङ्की अचानक पट्किदा मोटरसाइकलमा आगालागी भई पूर्णरुपमा क्षेती भएको छ भने हाइसमा समेत आगालगी भएको छ । मोटरसाईकलमा सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर बस्ने बर्ष २१ को रेशम चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ भने मोटरसाइकल चालक जिल्ला दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष २३ को रमेश वली, हाईस चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.-७ पर्सेनि बस्ने बर्ष २६ को करण परियार र हाईसमा सवार सोही घर भएका बर्ष २४ को कमल परियार घाइते भएका छन् । घाइतेहरुको हाल उपचार भई रहेको छ ।   

चितुवाको छाला सहित ३ जना नियन्त्रणमा:
२०७८-११-१६

बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ गायत्री टोलबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना मानिसहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को आकाश परियार र मधुवन नगरपालिका वडा नं. ९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क. रहेका छन् । मिति २०७८।११।१५ गते अन्दाजी १५:४० बजेको गायत्री टोलको भित्री सडक बाटोमा  दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले पैदल हिंडिरहेका याम बहादुर बिश्वकर्मा, आकाश परियार र लाल बहादुर बि.क.लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको सेतो पलास्टिक कट्टाबाट चितुवाको छाला थान-१ (एक) बरामद गरिएको छ । बरामद गरिएको चितुवाको छाला र निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ  ।

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा
२०७८-११-१४

दाङ, २०७८ फागुन १४ गते, मिति २०७८/११/१३ गते अं.०७:०० बजेको समयमा जिल्ला दाङ, राप्ती गाउपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित भिजन होटलमा अवैध वन्य जन्तु ओखेटो पहार रेड पाण्डाको छाला कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको संम्युक्त टोलीले रेड पाण्डाको छाला जस्तो देखिने छाला थान- ५ सहित जिल्ला रोल्पा सुनिल स्मृती गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४२ को राम बहादुर थापा, ऐ. लुङ्ग्री गाउपालिका वडा नं. ३ वस्ने वर्ष २० को रुपक खड्का र ऐ. सुनछहरी गाउपालिका वडा नं. ७ वस्ने वर्ष १९ को राम कुमार पुन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सवारी दुर्घटनाबाट घाइते:
२०७८-११-१२

दाङ २०७८ फागुन १२, लमही नगरपालिका वडा नं. ६ बेलदमारमा आज विहान अन्दाजी ९:३५ बजेको समयमा काठमाण्डौबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख ४१४९ नं. को बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नं. को उईङगर एक-आपसमा ठोकिदा निम्न लिखित ६ जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुको लमहि अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    निम्न घाईतेहरु:- १.जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ की मुना कुँवर । २. जिल्ला रोल्पा, गंगादेव गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३० की भगुमती डाँगी । ३.जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली । ४.उईङ्गर चालक जिल्ला दाङ, दंगिशरण गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को राजन के.सी. । ५.जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ सुमित वली । ६.जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३४ की सिमा खत्री  ।

बाघको आक्रमणबाट मानिसको मृत्यु:
२०७८-११-११

बर्दिया, ठाकुरबाब नगरपालिका वडा नं. ४ मा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार बस्ने दिल बहादुर थारुको श्रीमती वर्ष ४१ कि लिली चौधरी रहेकी छिन् । मिति २०७९८।११।१०  गते अन्दाजी २०:३० बजेको समयमा आफ्नै घरबाट ६० मिटर पूर्व बर्दिया राष्ट्रिय निकुञ्जको मध्यबर्दि क्षेत्र नजिकै दिसा पिसाब गर्न गएको अबस्थामा एक्कासी बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते भएकी चौधरीलाई उपचारका लागि भुरिगाँउ असिम अस्पताल प्रा.लि.मा लगिएकोमा सोही दिन २१:०० बजे उपचारको क्रममा मृत्यु भएको छ ।  

अधिक लोड >>
कम देखाउनुहोस् <<